२०८२ असार ७ शनिवार

राशिफल

खोलाले बगाएर एकको मृत्यु

काठमाडौँ – खोलाले बगाएर सल्यानमा एक जनाको मृत्यु भएको छ ।

मर्मखोलाले बगाउँदा कुमाख गाउँपालिका–४ का ५१ वर्षीय लीलाधर शर्माको मृत्यु जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

घरबाट रागेचौरतर्फ जाँदै गर्दा आज बिहान मर्मखोलामा बगाएको र उनको शव कुमाख गाउँपालिका–२ शान्ति बजारमा खोलाको किनारमा भेटिएको प्रहरीले जनाएको छ ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।