२०८२ असार ७ शनिवार

राशिफल

करेन्ट लागेर ६ बर्षिय बालकको ज्यान गयो

काठमाडौँ – बर्दियामा करेन्ट लागेर ६ बर्षिय बालकको ज्यान गएको छ ।

प्रहरीका अनुसार गेरुवा गाउँपालिका–२का अनिल थारुका ६ बर्षीय छोरा दिपने थारुको घरदेखि करिव ६ सय मिटर दुरीमा पर्ने सडकमा लत्रिएको विद्युतको तारले छुँदा करेन्ट लागेर मृत्यु भएको हो ।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।