काठमाडौँ – नेकपा (माओवादी केन्द्र) को प्रवक्ताको जिम्मेवारी पूर्वसभामुखसमेत रहेका स्थायी कमिटी सदस्य कृष्णबहादुर महराले पाएका छन् ।
महराले सभामुखबाट पदमुक्त भएपछि पार्टीमा महत्वपूर्ण जिम्मेवारी पाएका थिएनन् र पार्टीको पछिल्लो कार्यविभाजनानुसार महरालाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।
तत्कालीन नेकपा भंग भएपछि माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किँदा प्रवक्ताको जिम्मेवारी नेता नारायणकाजी श्रेष्ठले पाएका थिए ।
तपाइँको प्रतिक्रीया