२०८२ असार ७ शनिवार

राशिफल

अबैध रकमसहित काठमाडौबाट ३ युवक प्रकाउ

काठमाडौँ – तिन जना युवकको साथबाट स्रोत नखुलेको रु ८५ लाख ५६ हजार रकम सहित प्रहरीले काठमाडौँबाट प्रकाउ गरेको छ ।

प्रकाउ पर्नेमा लक्ष्मण पौडेल, अभिषेक अग्रवाल र मधुसुदन खड्का रहेका छन् । महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले काठमाडौँ महानगरपालिका–२२ खिचापोखरीबाट उनीहरलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सिमराका ३२ वर्षीय पौडेलले बोकेको झोलामा रु ३१ लाख रकम शङ्कास्पदरूपमा फेला पारेपछि पक्राउ गरेर सोधपुछ गर्दा थप ५४ लाख ५६ हजारसहित अग्रवाल र खड्कालाई पक्राउ गरिए को हो ।

प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।