२०८२ असार १२ बिहीबार

राशिफल

निर्वाचन आयोग पुग्यो नेपाल समुह

काठमाडौँ – निर्वाचन आयोगमा प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का नेताहरु उपस्थित भएका छन् ।

निर्वाचन आयोगले उनीहरुलाई अहिले साढे ११ बजेदेखि २ बजेसम्मको समय दिएको छ । ३१ सांसद र ५८ जना केन्द्रीय सदस्य सनाखतका लागि आयोगमा उपस्थित भएका छन् ।

यसअघि दल दर्ताको निवेदनमा हस्ताक्षर छुट भएका र पछि थपिएकाको हकमा के गर्ने भन्ने निर्णय आयोगले गरिसकेको छैन ।
निर्वाचन आयोगले आज नै दल दर्ताको प्रमाणपत्र दिने तयारी गरेको छ ।