काठमाडौँ – यात्रीवाहक बस दुर्घटना हुदा २६ जना घाइते भएका छन ।
सुनकोसी गाउँपालिकाको ठोकर्पाबाट काठमाडौंको लागि छुटेको बा३ख ८०३० नम्बरको बस सुनकोसी–३, थापागाउँमा आज बिहान ११ बजे दुर्घटना हुदा २४ जना घाइेत भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
दुर्घटनामा २४ जना घाइेतको उद्धार गरिएको र दुईजना गाडीले थिचिएको अवस्थामा रहेको र प्रहरी र स्थानीयवासीद्वारा उद्धार कार्य भइरहेको छ ।
घाइतेमध्ये १५ जनालाई उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल ल्याइएको छ । बाँकी नौजनालाई सिन्धुपाल्चोककै खाडीचौरस्थित सिन्धु सदाबहार अस्पतालमा पठाइएको पहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रीया