२०८२ असार ७ शनिवार

राशिफल

काठमाडौँमा भदौ ११ गतेदेखि भेरोसेल खोपको दोस्रो डोज

काठमाडौँ – भदौ ११ गतेदेखि काठमाडौँमा कोभिड–१९ विरुद्धको भेरोसेल खोपको दोस्रो डोज पाउने भएका छन् ।

यसअघि स्वास्थ्य कार्यालय काठमाडौँले भदौ ९ गतेदेखि दोस्रो डोज दिने कार्यतालिका बनाएको थियो । तर भदौ ५, ६ र ७ गते लगातार तीन दिन सार्वजनिक विदा पर्न जाँदा कार्यतालिका केही हेरफेर भएको हो ।

भदौ ११ गतेदेखि तीन दिनसम्म चल्ने खोप अभियानमा २ लाख १६ हजार नागरिकले भेरोसेलको दोस्रो डोज लगाइने बताइएको छ ।