२०८२ असार ७ शनिवार

राशिफल

अफगानिस्तानबाट बुधबार ११२ जना नेपाली स्वदेश फर्किए

Afghanistan News

काठमाडौँ – बुधबार अफगानिस्तानबाट ११२ जना नेपालीलाई स्वदेश फर्काइएको छ । जसमध्ये जोर्डन एभिएसनको उडानबाट १०३ र कतार एयरको उडानबाट ९ जना रहेका छन् ।

उनीहरुलाई आवश्यक प्रक्रिया पूरा गरि सिसिएमसिको समन्वयमा सामाखुसीस्थित नेपाल सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा कोरोना परिक्षण लगाएतका सम्पुर्ण प्रक्रिया पूररा गरि आवश्यक व्यवस्थापन गरिएको छ ।

अफगानिस्तानबाट उद्धार भई दोहा, दुबई, लण्डन र नयाँदिल्लीमा रहेका नेपालीलाई काठमाडौँसम्म ल्याउनका लागि निरन्तर समन्वय र सहजीकरण भइरहेको परराष्ट्रले जनाएको छ ।

मन्त्रालयका अनुसार अफगानिस्तानबाट उद्धार भई नेपाली नागरिक फर्कने क्रम जारी रहेका छन् । अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई सरकारले आफ्नो विवरण भर्नका लागि कन्सुलर सेवा विभागको बेवपोर्टल तथा भाइबर र ह्वाट्एपसहितको मोबाइल नम्बरसमेत उपलब्ध गराएको छ । सरकारले नाम टिपाएकामध्ये उद्धार भई सुरक्षित गन्तव्यमा पुगेपछि सरकारले उपलब्ध गराएको फोन नम्बरमा जानकारी उपलब्ध गराउन आग्रहसमेत गरेको छ ।

योसँगै अफगानिस्तानबाट हालसम्म ७७० जना नेपाली स्वदेश फर्किएका छन् ।