काठमाडौँ – बुधबार नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा एकजना बाँकेका र एक जना दाङका हुन् । दाङका संक्रमित भदौ ५ गते र बाँकेका संक्रमित साउन २९ गते अस्पताल भर्ना भएका थिए । योसँगै बाँकेमा उपचारका लागि आएका कोरोना संक्रमितको मृत्यु हुने संख्या ३९७ पुगेको छ । ती मध्ये ३२८ जना बाँके जिल्लाका हुन् ।
तपाइँको प्रतिक्रीया