२०८२ असार ७ शनिवार

राशिफल

जनगायक जेबी टुहुरेको निधन

काठमाडौँ – ७८ वर्षको उमेरमा जनगायक जुठबहादुर खड्गी (जेबी) टुहुरेको निधन भएको छ ।

बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निभन भएको हो । मंगलबार कलंकीस्थित घरमा उनी एक्कासी लडेका थिए ।

उनलाई मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दिर्घरोग समेत थियो । टुहुरेको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि दिउँसो साढे १ बजेदेखि २ बजेस्म्म पार्टी कार्यालय पेरिसडाँडामा राखिने छ । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।