२०८२ असार ७ शनिवार

राशिफल

थप २ हजार ४ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि, २६ जनाको मृत्यु

काठमाडौँ – बिहीबार थप २ हजार ४ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा संक्रमितको संख्या ७ लाख ५४ हजार ९ सय १५ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ३ सय ८४ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज १ हजार ९ सय २९ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ५ हजार ८ सय ९५ जना रहेको छ । आज २६ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या १० हजार ६ सय ३८ जना पुगेको छ ।