२०८२ जेठ २१ मङ्गलबार

राशिफल

काबुलमा बम विस्फोट, ६० जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुल विमानस्थल बाहिर भएको बम विस्फोटमा ६० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकी नागरिकसमेत रहेका छन् ।

१३ जना अमेरिकासँग सम्बन्धी सेवाका सदस्यको विस्फोटमा परेर मृत्यु भएको अमेरिकाले पुष्टि गरेको बीबीसीले जनाएको छ । विस्फोटमा परेर कयौँ अमेरिकी नागरिक घाइते भएका छन् । बेलायतले भने अहिलेसम्म आफ्ना नागरिक र सेना सुरक्षित रहेको जनाएको छ । काबुल विमानस्थलमा हजारौँ उद्धारका लागि पर्खिरहेका बेलामा बम विस्फोट भएको हो ।

यसअघि काबुल विमानस्थलमा सुरक्षाको जोखिम बढेको भन्दै अमेरिका र बेलायतले सुरक्षा चेतावनी जारी गरेका थिए ।