२०८२ जेठ २२ बुधबार

राशिफल

धुर्मुस – सुन्तलीको ‘म त मर्छु कि क्या हो’ ओटीटीमा रिलिज

काठमाडौँ – हास्यकलाकार सीताराम कट्टेल “धुर्मुस”र कुञ्जना घिमिरे “सुन्तली” ले निर्माण गरेको वेबसिरिज ‘म त मर्छु कि क्या हो’ आजदेखि ओभर दी टप (ओटीटी) प्लेटफर्ममा रिलिज भएको छ ।

यो जोडीकै लेखन तथा निर्देशन रहेको फिल्म सामाजिक कथावस्तुमा आधारित छ । फिल्मलाई गुगल एन्ड्रोइडको ओहो एपमार्फत हेर्न सकिन्छ ।

एप डाउनलोड गरि प्रभु – पेमार्फत ३२० रुपैयाँ तिरेर दर्शकले फिल्म हेर्न सक्नेछन् ।

फिल्ममा धुर्मुस–सुन्तलीसँगै रवि गिरी, विजय बराल, पल्पसा डंगोल, बुद्धि तामाङको मुख्य भूमिका रहको छ ।