२०८२ असार ७ शनिवार

राशिफल

दाईको हत्या गर्ने आफ्नै भाई र भतिजो प्रकाउ

काठमाडौँ – खोटाङ्गमा आफ्नै दाजु ३३ वर्षीय गिरीराजा थापाको हत्याको आरोपमा भाइ र भतिजा प्रकाउ परेका छन् । प्रकाउ पर्नेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका – ३का मृतकका भाई २२ वर्षीय नारायण थापा र भतिजा १५ वर्षीय रुपन थापा रहेका छन् ।

गत भदौ ९ गते दिउँसो ११ बजे घरबाट हिडेका गिरीराज घर नफर्केपछि परिवारले खोजी गरेका थिए । खोजतलास गर्ने क्रममा बुधबार पौने २ बजे घरदेखि २ सय मिटर पर बारीमा मृत फेला परेका थिए ।

शव फेला परेपछि परिवारले प्रहरीलाई खबर गरेका थिए ।

घटनाको प्रकृती, स्थानीयबासीको सोधपुछ तथा अनुसन्धानबाट प्रहरीले हिजै मृतकका भाई नारायण र भतिजा रुपनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुले घरयासी बिबादका कारण भैसी बाँध्ने प्लाष्टिकको डोरीले घाँटिमा कसी हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ । उनीहरु माथिकर्तव्य ज्यान मुद्धामा कानुनी कारबाही अगाडि बढाई घटनाको बारेमा थप अनुसन्धान भईरहेको छ ।