२०८२ असार ७ शनिवार

राशिफल

बेलायतबाट एक लाख ३० हजार खोप नेपाल आइपुग्यो

काठमाडौँ – कोभिड–१९ विरुद्धको एक लाख ३० हजार एस्ट्राजेनेका खोप बेलायतबाट नेपाल आइपुगेको छ ।

नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले ट्वीटरमार्फत खोप बिहीबार काठमाडौं आइपुगेका जानकारी दिएकी हुन् ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले ट्वीटमार्फत सहयोगका लागि राजदूत पोलिटमार्फत बेलायत सरकार र बेलायती जनताप्रति आभार समेत व्यक्त गरेका छन् ।