काठमाडौँ – १९ जना जुवाडेलाई छुट्टाछुट्टै स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।
ललितपुरको महालक्ष्मी नगरपालिका–३ महर्जन चोक बस्ने सुनील महर्जनको घरमातास खेलिरहेका सोही ठाउँ बस्ने ३२ वर्षीय अनिल महर्जनलगायत ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरूलाई नगद दुई लाख ३८ हजार १८५ रुपैयाँसहित पक्राउ गरेको हो ।
कात्यस्तै स्कीको पोखरा महानगरपालिका–३, नदीपुर बस्ने ३७ वर्षीया एकमाया रानामगरको घरमा तास खेलिरहेको अवस्थामा एकमायालगायत आठजनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूलाई नगद ५६ हजार १३० रुपैयाँ र चार बुक ताससहित पक्राउ गरेको जनाइएको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रीया