काठमाडौँ – जिल्ला प्रहरी कार्यालयले अफगानिस्तानमा रहेका मुगाली नागरिकलाई सम्पर्कमा आउन आग्रह गरेको छ । जिप्रका मुगुले सूचना जारी गर्दै कामको सिलसिलामा अफगानिस्तान पुगेका मुगालीलाई सम्पर्कमा आउन अनुरोध गरेको हो ।
नेपाली नागरिकको सुरक्षित उद्धार गर्ने नेपाल सरकारको निर्णयानुसार मुगु घर भई अफगानिस्तान पुगेका नागरिकलाई नेपाल फिर्ता हुन चाहेमा परिवारमार्फत छिट्टै सम्पर्क गर्न आग्रह गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चित्रबहादुर भट्टराईले जानकारी दिए ।
मुगुबाट औपचारिक तथा अनौपचारिक माध्यमबाट अफगानिस्तान गएका व्यक्तिको उद्धारका लागि विवरण संकलन कार्य सुरु गरेको र सम्बन्धित स्थानीय तह वा नजिकको प्रहरी चौकीमा अफगानिस्तानमा रहेका व्यक्तिका परिवारले विस्तृत विवरण उपलब्ध गराउनुपर्ने डिएसपी भट्टराईले जानकारी दिए । जसबाट आवश्यक समन्वय तथा उद्धारमा सहज हुने उनको भनाइ छ ।
तपाइँको प्रतिक्रीया