२०८२ असार ८ आइतबार

राशिफल

थप २ हजार ६५ जनामा कोरोना पुष्टि, २५ जनाको मृत्यु

काठमाडौँ – शुक्रबार थप २ हजार ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १३ हजार ११७ वटा नमूना (पीसीआर ८७५२ र एन्टीजेन ४३६५) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार २५ जनाको मृत्यु भएको छ भने २३ सय ३७ जना निको भएका छन् ।

हालसम्म मुलुकमा ३७ हजार ५९९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा कूल ७ लाख भन्दा बढी कोरोनाभाइरस संक्रमित रहेका छन् भने १० हजार ६६३ जनाले ज्यान गुमाएका छन् ।