२०८२ असार ३ मङ्गलबार

राशिफल

‘अब कुनै पनि निर्वाचन क्षेत्रमा अरुलाई जित्न दिँदैनौं’

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब कुनै पनि निर्वाचन क्षेत्रमा अरुलाई जित्न नदीने बताएका छन् ।

आज युथफोर्सले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमालेलाई षड्यन्त्रपूर्वक सरकारबाट हटाइएको भन्दै अब आउने चुनावमा सबै षड्यन्त्रको हिसाब लिने बताए । उनले भने, ‘अब कुनै पनि निर्वाचन क्षेत्रमा अरुलाई जित्न दिँदैनौं ।’

अध्यक्ष ओलीले माधवकुमार नेपालसहितका नेताले अर्को पार्टी गठन गर्दैमा केही फरक नपर्ने बताए । उनले भने, ‘एक दुई पात पहेँलिएर खस्दैमा रुखलाई केही फरक पर्दैन । रुखमा नयाँ नयाँ पालुवा पलाउँदैछन् । नयाँ नयाँ हाँगा हाल्दैछन् ।’

अध्यक्ष ओलीले माधव नेपालले गठन गरेको नेकपा एकीकृत समाजवादी पार्टीले अरु पार्टीसँग मोर्चाबन्दी गर्ने आफूले सुनेको भन्दै एमालेसँग एक्लै लड्न सक्दिन भन्ने निश्ष्कर्षमा पुगेको टिप्पणी गरे ।