२०८२ जेठ २२ बुधबार

राशिफल

अभिराज ओलीको “नाचन कान्छी” सार्वजनीक

काठमाडौँ – अभिराज ओली (एम्सेन्स) को “नाचन कान्छी” बोलको नया र्याप गीत सार्वजनीक भएको छ ।

ओलीको आफ्नै युट्युब च्यानल एम्सेन्ज मार्फतउक्त गीत सार्वजनीक भएको हो । ओम सुनारको शब्द तथा संगीत संयोजन रहेको गीतमा ओलीले नै आवाज दिएका छन् ।

राजेश कुमार श्रेष्ठले सम्पादन तथा मिक्सिंग गरेको गीतको भिडियोलाई देवेन्द्र कुवँरले कोरियोग्राफी तथा निर्देशन गरेका छन् । भिडियोको छायाँकन उत्तम अर्यालले गरेका हुन्।

भिडियोमा महानायक राजेश हमाल, अनामिका कार्की, अस्मिता भट्ट, बिमला बिटिएस, रहीशा रेग्मी, बिबिशा भण्डारी लगायतको अभिनय रहेको छ ।