२०८२ असार ८ आइतबार

राशिफल

जीप दुर्घटनामा ११ जना घाइते

काठमाडौँ – कर्णाली करिडोरअन्तर्गत कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका–२ आमतडामा जीप दुर्घटना हुँदा ११ जना घाइतेको भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

सान्नीत्रिवेणी गाउँपालिकाबाट जितेबजार आउँदै गरेको क१ज २३ नं.जीप दुर्घटना भएको स्थानीय हिम्मतबहादुर शाहीले जानकारी दिए ।

जीप दुर्घटना परी घाइतेको घाइतेको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका कालिकोटका प्रहरी निरीक्षक महेशबिक्रम शाहीले बताए ।

घाइतेको हेलिकप्टरबाट उद्धार गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयय कालिकोटले जनाएको छ ।