२०८२ असार ८ आइतबार

राशिफल

कर्मचारीको निधनप्रति चाँगुनारायणले दियो शोक बिदा

भक्तपुर – भक्तपुरको चाँगुनारायण नगरपालिकाले कर्मचारीको निधनप्रति आउँदो मंगलबार शोक बिदा दिने निर्णय गरेको छ ।

पालिकामा कार्यरत कर्मचारीको मृत्यु भएको भन्दै नगर कार्यपालिकाको बैठकले १५ भदौमा शोक बिदा दिने भएको हो । पालिकाले सूचना प्रकाशित गरी उक्त विदा घोषणा गरेको हो ।

नगरपालिकामा विगत चार वर्षदेखि हलुका सवारी साधन चालककार्यरत कर्मचारी राजकुमार दाहालको निधन भएको थियोे ।

नगरपालिकाको कार्यपालिकाको सबै सेवा बन्द गरे पनि पूर्वनिर्धारित खोप कार्यक्रम यथावथ रुपमा सञ्चालन गरिने प्रकाशित सूचनामा उल्लेख छ ।