काठमाडौँ – सोमबार पूर्वप्रधानमन्त्री झलनाथ खनाल स्वदेश फर्किंदैछन् । उनका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका खनाल भोलि अपरान्ह स्वदेश फर्किन लागेका हुन् ।
गत २ असारमा दिल्लीको एपोलो अस्पताल भर्ना भएर उपचार गराएका खनालको गत २० साउनमा सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
नेपाल आइपुगेलगत्तै उनले निर्वाचन आयोगले एकीकृत समाजवादी दल दर्ताका लागि गरेको सनाखतमा हस्ताक्षर गर्नेछन् ।
तपाइँको प्रतिक्रीया