काठमाडौँ – आइतबार थप १३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार २९७ वटा नमूना (पीसीआर ७,२५९ र एन्टीजेन ३,०३८) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार २४ जनाको मृत्यु भएको छ भने २२ सय ६० जना निको भएका छन् ।
हालसम्म मुलुकमा ३५ हजार ७९६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म आईसीयूमा ६२५ जना, भेन्टिलेटरमा १६७ जना, होम आइसोलेशनमा ३२,७४४ जना, संस्थागत आइसोलेशनमा ३,०५२ र क्वारेन्टाइनमा ३४३ जना रहेको तथ्यांकमा उल्लेख छ ।
तपाइँको प्रतिक्रीया