२०८२ असार ८ आइतबार

राशिफल

अगष्ट ३० देखि यूएईले टुरिस्ट भिसा पनि जारी गर्ने

काठमाडौँ – आउँदो अगष्ट ३० देखि यूएईले टुरिस्ट भिसा पनि जारी गर्ने भएको छ ।

कोरोना विरुद्धको पुरा खोप (डोज) लगाएका सबै देशका नागरिकलाई यही अगष्ट ३० देखि टुरिस्ट भिसा जारी गर्ने यूएईको आधिकारिक निकायलाई उद्धृत गदै स्थानीय सञ्चार माध्यम गल्फ न्युजले खबर लेखेको छ ।

टुरिस्ट भिसाको लागि आवेदन दिनेहरूले विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिएको मध्ये कुनै एक खोप पूर्ण रूपमा लगाएको हुनु पर्नेछ । टुरिस्ट भिसा ३० दिन या ९० दिनको हुनेछ ।