काठमाडौँ – धादिङको ज्वालामुखी गाउँपालिका–५ स्थित खरीबाट जिल्ला सदरमुकाम धादिङबेसी आउँदै गरेको मिनी ट्रक दुर्घटना हुदा ३५ जना घाइते भएको छ । घाइतेमध्ये १६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
सदरमुकाम नजिकैको बगैंचा भन्ने स्थानमा सोमबार बिहान बा ३ ख ५६२३ नम्बरको ट्रक ब्रेक फेल भएर अनियन्त्रित हुँदा रोकीराखेको बा ३ ख ५७४४ नम्बरको टिपरमा ठोक्किएर दुर्घटनामा घाइते भएकामध्ये गम्भीर ४ जनालाई गाउँपालिकाले हेलिकप्टरमार्फत काठमाडौं पठाएको र थप १२ जनालाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि एम्बुलेन्समार्फत काठमाडौं पठाइएको छ ।
तपाइँको प्रतिक्रीया