२०८२ असार ८ आइतबार

राशिफल

साहित्यकार आनन्ददेव भट्टको निधन

काठमाडौँ – साहित्यकार एवं प्राध्यापक आनन्ददेव भट्टको निधन भएको छ । उनी प्रगतिशील लेखक संघका पूर्वअध्यक्ष तथा नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य थिए ।

भट्टको ८५ वर्षको उमेर निधन भएको छ । सोमबार बिहान साढे सात बजे आफ्नै निवास काठमाडौंको कालिकास्थानमा भट्टको निधन भएको साहित्यकार मातृका पोखरेलले जानकारी दिए । उनी विगत चाररपाँच वर्षदेखि अल्जाइमर रोगबाट पीडित थिए । प्रगतिशील लेखक संघका पूर्व अध्यक्षसमेत रहेका भट्टका अढाइ दर्जनजति कृति प्रकाशित छन् । वि।सं। १९९० सालमा बैतडीमा जन्मिएका भट्टले नेपालको बामपन्थी कम्युनिष्ट आन्दोलनमासमेत ठूलो गोगदान पुर्‍याएका छन्।

भट्टको पार्थिव शरीरको आजै पशुपति आर्यघाटमा अत्यष्टि गर्ने तयारी रहेको परिवारस्रोतले जनाएको छ । उनका श्रीमती, दुई छोरा र छोरी छन्।