काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना भाइरसविरुद्धको लडाइँ सरकारको प्राथमिकतामा रहेकाले थप एक करोड खोप ल्याउन पहल भइरहेको बताएका छन् । त्यसमा ४० लाख मोडर्ना र ६० लाख फाइजर खोप ल्याइने उनले बताए ।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६२औँ वार्षिक कार्यक्रममा सोमबार सम्बोधन गर्दै उनले प्रसूतिसम्बन्धी एकमात्र सरकारी अस्पताल भएकाले यो अस्पतालको सेवा अझै विस्तार गर्दै लैजानुपर्ने बताए । गोरखापत्र दैनिकमा खबर छ ।
प्रसूति भएका कुनै पनि उमेर समूूहका महिलालाई तुरुन्तै खोप लगाउने व्यवस्था गरिने बताउँदै राज्यमन्त्री श्रेष्ठले प्रसूति अस्पताललाई स्त्रीको स्वास्थ्य हेरचाह तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्नुपर्ने जनाए। अस्पताललाई सुविधासम्पन्न बनाउन मन्त्रालय लागिपरेको उनको भनाई छ ।
तपाइँको प्रतिक्रीया