२०८२ जेठ २३ बिहीबार

राशिफल

दर्शकको रोजाइमा बलबहादुर र अस्मिताको जोडि

काठमाडौँ । बलबहादुर राजवंशी र अस्मिता अधिकारीको स्वरमा रहेको ‘मन कि मन्जरी’ नामको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । बलबहादुरको सङ्गीत, उदयराज पौडेलको एरेञ्ज र रमेश मास्केको शब्द रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

निकेश खडकाको निर्देशन रहेको गीतको भिडियोमा राजकुमार अधिकारी क्षेत्री र गरिमा शर्मालाई फिचरिङ गरिएको छ । बुद्ध थापाको छायाँकन रहेको भिडियोमा विकास धमलाको सम्पादन रहेको छ । गीत जति उत्कृष्ट छ गीतको भिडियो पनि त्यतिकै उत्कृट बनेको छ ।

https://www.youtube.com/watch?v=iMwkov973M0