२०८२ असार ८ आइतबार

राशिफल

महिलालाई करणी गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौँ – एक महिलालाई करणी गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार उदयपुरको ताप्ली गाउँपालिका – २ लेखगाँउका ३२ वर्षीय राकेश राई र ओखलढुंगाका सिद्धिचरण नगरपालिका – ११ बस्ने २९ वर्षीय यौवन ताम्राकारलाई पक्राउ गरेको हो ।

राईले १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोप लगाइएको छ भने ताम्राकारले २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोग लगाइएको छ । पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कटारी र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।