२०८२ असार ८ आइतबार

राशिफल

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ – मोरङको सुन्दरहरैँचा नगरपालिका–७, गोठगाउँमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१ख ६५०५ नम्बरको टिपरले विपरीत दिशातर्फ आउँदै गरेको प्रदेश १, ०२, ०४१ प ९१२५ नम्बरको मोटरसाइकललाई हिजो बेलुका ठक्कर दीदा पथरी शनिश्चरे नगरपालिका–२ का ४३ वर्षीय वीरेन्द्र लिम्बूको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा धरानमा गए राति पौने ११ बजे मृत्यु भएको जनाइएको छ । टिपर चालकलाई प्रहरील नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।