२०८२ असार ८ आइतबार

राशिफल

पहिरोले घर पुरिँदा बालिकाको मृत्यु

काठमाडौँ – पहिरोले घर पुरिँदा अर्घाखाँचीमा एक बालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

प्रहरीका अनुसार निरन्तरको वर्षा पछि गएराति खसेको पहिरोले पाणिनी गाउँपालिका वडा नम्बर ७ अडगुरीमा घर पुरिएर जीवलाल सुनारकी ९ वर्षकी छोरी झरनाको मृत्यु भएको हो ।

पहिरोले सुनारको घर पुरिदा उनका छोरा र दुई जना छिमेकी घाइते भएका छन् । स्थानीय मेडिकलमा उपचार गराइरहेका उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।