२०८२ असार ८ आइतबार

राशिफल

लामो समयदेखि बन्द रहेका विद्यालयमा पठनपाठन सुरु

काठमाडौँ – कोभिड – १९ माहामारीका कारण लामो समयदेखि बन्द रहेका विद्यालयमा पठनपाठन सुरु हुन थालेका छन्।

प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला कोभिड – १९ संकट व्यवस्थापन केन्द्रले अनुमति दिएपछि महोत्तरीका १५ वटै स्थानीय तहका आधा विद्यालयमा पढाइ सुरु भएको हो ।

संकट व्यवस्थापन केन्द्रले विद्यालय सञ्चालनको जिम्मेवारी स्थानीय सरकारलाई दिएको हो । “स्थानीय सरकारले जोखिमको आँकलन गरेर विद्यालय सञ्चालन गर्न सक्छन्,” प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले भने ।

टुटेश्वरनाथ माध्यमिक विद्यालयका प्रधानध्यापक अम्बर विक झन्डै ९० प्रतिशत विद्यार्थी राखेर पठनपाठन थालिएको बताए ।