२०८२ असार ८ आइतबार

राशिफल

खोलाले कार बगाउँदा चार जनाको मृत्यु

दाङ – दाङमा खोलाले कार बगाउँदा चार जनाको मृत्यु भएको छ । घोराही – लमही सडक खण्डअन्तर्गत गोग्लीस्थित सिस्ने खोलाले कार बगाउँदा घोराही –
१३ की ४० वर्षीया रीतामाया पुन, सोही ठाउँकै ३२ वर्षीय शुशीला श्रेष्ठ, घोराही – १४ की ३१ वर्षीया राधा कुवँर र सोही ठाउँकै ४२ वर्षीया यमुना केसीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले गएराति १० बजेतिर प्रदेश प्र.३ – ०१ – ०२४ च ४४४० को कारलाई खोलाले बगाएको जानकारी दिए । कारमा पाँच जना सवार रहेको र चालक घोराही – १५ का नरबहादुर पुनलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

खुट्टा भाचिएको अवस्थामा चालक पुनलाई उद्धार गरिएको रिजालले बताए । मृतक चारै जनाको शब पोस्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।