काठमाडौँ – अवरुद्ध हेलम्बु राजमार्ग सञ्चालनमा आएको छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका – १३ मेलम्ची–जिरोकिलो सडकखण्डस्थित फटकशिला रातोपहरोको माथिबाट पहिरो खस्दा अवरुद्ध हेलम्बु राजमार्ग सञ्चालनमा आएको हो । लगातारको जर्षा र बाढीले निरन्तर पहिरो खस्दा हेलम्बु राजमार्ग पटकपटक अवरुद्ध हुँदै आएको थियो ।
अवरुद्ध सडक अहिले सञ्चालनमा आइसकेकोे इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले बताए । साउनदेखि नै यहाँ निरन्तर पहिरो र खोलाले सडक कटान गरिरहेको छ ।
तपाइँको प्रतिक्रीया