२०८२ असार ८ आइतबार

राशिफल

आजबाट मनकामना केबलकार सञ्चालनमा

काठमाडौँ – मनकामना केबलकार आज आइतबारदेखि पुनः सञ्चालनमा आएको छ । कोरोना संक्रमणका कारण लामो समयदेखि बन्द केबलकार सञ्चालनमा आएको मनकामना दर्शन प्रालीका नायव प्रबन्धक उज्वल सेरचनले जानकारी दिए ।

जिल्ला कोभिड – १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमस) को निर्णय अनुसार केबलकार सञ्चालनमा आए पनि पूजा भने मन्दिर बाहिरबाटै गर्नुपर्नेछ । केबलकार चढ्न जानेले अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने उनले बताए । ‘भौतिक दूरी कायम गर्ने, अनावश्यक भीडभाड नगर्ने, मास्कको प्रयोग गर्ने जस्ता स्वास्थ्य मापदण्ड सबैले अनिवार्य रुपमा पालना गर्नुपर्नेछ’, सेरचनले भने ।

डिसिसिएमसी गोरखाले गोरखामा निषेधाज्ञा पनि हटाएको छ ।