२०८२ असार ८ आइतबार

राशिफल

२३ वर्षपछि बहुविवाह गर्ने दम्पती प्रकाउ परे

तनहुँ – बहुविवाह गरेका भानु नगरपालिका – ८ खतिवडाटारका शम्भुकुमार श्रेष्ठ दम्पतीलाई प्रहरीले २३ वर्षपछि नियन्त्रणमा लिएको छ । श्रेष्ठ र उनकी श्रीमती पार्वतीलाई तनहुँ प्रहरीले आइतबार घरबाटै पक्राउ गरेको हो ।

जिल्ला अदालत तनहुँले दुवैलाई २० दिन कैद र एक हजार रुपैयाँका दरले जरिवाना तोकेको थियो । जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमल्सिनाका अनुसार २७ मंसिर २०५५ मा अदालतले कारबाहीको फैसला गरेको थियो । पक्राउ परेका उनीहरुलाई आइतबार अदालत पेस गरी कैद भुक्तानका लागि कारागार चलान गरेको प्रहरीले जनाएको छ ।

आइतबार नाता कायम र सम्बन्ध विच्छेद मुद्दामा फरार एक – एकजना प्रतिवादी पनि पक्राउ परेका छन् । अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भएकालाई तनहुँ प्रहरीले धमाधम पक्राउ गरिरहेको छ ।