नेपालगञ्ज – बाँकेमा बुधबार बिहान दुईजना नदीमा बगेर बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारीअनुसार नेपालगञ्ज – १० भृकुटी नगरका सरोज चन्द मलामी गएका बेला राप्ती नदीको सिद्धनियाँ घाटको पुल नजिकै नदिमा डुबेर बेपत्ता भएका छन् ।
स्थानीयको मलामी गएका चन्द साढे ११ बजे नदीमा डुबेका थिए । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । यसैगरी, बाँके बर्दियाको सीमा क्षेत्रमा रहेको मान नदीले बगाउँदा खजुरा गाउँपालिका–७ का ५५ वर्षीय विक्रम राई बेपत्ता भएका छन् ।
प्रहरीका अनुसार राई बुधबार बिहान नजिकैको जंगलबाट दाउरा ल्याउने क्रममा १० बजे उनलाई मान नदीले बगाएको हो । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रीया