२०८२ असार ११ बुधबार

राशिफल

प्रतिनिधि सभाको दोस्रो बैठक पनि अवरुद्ध

काठमाडौं – बुधबार प्रतिनिधि सभाको दोस्रो बैठक पनि अवरुद्ध भएको छ । एमालेका सांसदहरूले रोष्टममा उभिएर नाराबाजी गरेपछि बैठक अवरुद्ध भएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले आफू कानुनअनुसार बैठक चलाउन प्रतिबद्ध रहेको बताए पनि एमाले सांसदहरूको नाराबाजी रोकिएको छैन ।

यसअघि एमालेकै सांसदहरूको अवरोधपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए ।