२०८२ जेठ १९ आइतबार

राशिफल

शिल्पा पोखरेल अभिनित “हाँसी हाँसी जलिरहेँ” गीत सार्वजनिक

काठमाडौँ – अरुणा लामाको सम्झ्नामा म्युजिक भिडियो सार्बजनिक भएको छ । “हाँसी हाँसी जलिरहेँ” गीतको भिडियो स्वर्गीय अरुणा लामाको जन्मदिन पारेर भिडियो सार्बजनिक गरिएको छ ।

यमु शर्मा क्रिएशनको प्रस्तुती रहेको म्युजिक भिडियोमा कबिता श्रेष्ठको स्व रहेको छ । वरिष्ठ गीतकार नरेन्द्र राज प्रसाइको शब्दमा कुन्दन राज सुब्बाको संगीत रहेको छ । शिल्पा पोखरेल, आयुश छेत्री (प्रिन्सेस) अभिनय रहेको छ। नवराज उप्रेती छायांकन किरण गिरी, सम्पदन श्रीकृष्ण श्रेष्ठको, मोसन ग्राफिक्स रहेको गीत लाई यमु शर्माको कथा आयुष छेत्रीको निर्देशन रहेको म्युजिक भिडियो यमु क्रिएशनको अफिसियल यु ट्युब च्यानलमा सार्बजनिक गरिएको हो ।

गायिका कविता श्रेष्ठको मर्मस्पर्शी स्वरमा शिल्पा पोख्रेलले डुबेर गरेको उत्कृष्ट अभिनयले मन चोयाको छ भने यमु शर्माकोले लेखेको कथालाई निर्देशकले घरेलु हिंसामा नारी को मौनता भित्र रहेको पिडा लाई अत्यन्त कलात्मक रुपमा नव शैलीमा प्रस्तुत गर्ने कोशिस गरेको छन् । बुहारीको नामा देशै भरि फैलियको संस्था मेची महाकाली बुहारी संयुक्त आवाजकि केन्द्रिय अध्यक्ष यमु शर्मा शुब्बाले महिला हिंसा बिरुद्दको अभियानलाई फरक शैलीमा अत्यन्त प्रभाबकारी रुपमा अघि बढाएकी छन्।