काठमाडौँ – झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर ४’ लाई आगामी चैत्र २५ गते रिलिज हुने भएको छ ।
निर्देशक थापाले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै फिल्मको रिलिज मिति सार्वजनिक गरेकी हुन् ।
उनले लेखेकी छन, ‘बिस्वब्यापी माहामारी कोरोनाको कारणले हामीले निर्माण गरेको चलचित्र – ए मेरो हजुर – ४ पूर्व घोषीत मिती भाद्र १८ मा रिलिज गर्न सकेनौ । अब बिस्तारै कोरोना कहर पनि कम हुँदै गएको साथै नेपाल सरकारले सिनेमा हलहरु पनि खोलने अनुमती दिएकोले बिस्तारै चलचित्र क्षेत्र पनि चलायमान हुने कुरामा हामी पनि आशाबादी छौ । त्यसै अनुरुप हामीले हाम्रो चलचित्र – ए मेरो हजुर – ४ को प्रदर्शन आउने चैत्र महिनाको २५ गते गर्ने निर्णय गरेका छौ संसारलाइ परेको अप्ठेरो समयले हामी सबैलाई छोडेन । सम्पूर्ण चलचित्रकर्मी, दर्शकहरुको साथ र सहयोग कोअपेक्षा राखेका छौ ।’
तपाइँको प्रतिक्रीया