२०८२ असार १२ बिहीबार

राशिफल

एमालेको संसदीय दलको बैठक बस्दै

काठमाडौँ – नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ ।

संसद्मा विरोधलाई मर्यादित बनाउने विषयमा छलफलका लागि बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

एमाले सांसदले शुक्रबार पनि प्रतिनिधिसभा बैठकमा विरोध जनाएका थिए । उहाँहरुले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध नाराबाजी गर्नुभएको थियो । बैठकले सोही विषयमा संसदमा एमालेले खेल्ने रणनीति तयार गर्ने बताइएको छ । शनिबार बसेको एमाले स्थायी कमिटी बैठकले मर्यादामा रहेर विरोध गर्न निर्देशन दिएको थियो ।