२०८२ असार ८ आइतबार

राशिफल

ग्यासको सिलिन्डर फेर्ने क्रममा आगलागी हुँदा तिन जना घाइते

Latest News

काठमाडौँ – खाना पकाउने ग्यासको सिलिन्डर फेर्ने क्रममा आगलागी हुँदा अर्जुनधारा नगरपालिका–७ मा एका घरका तीन घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यका अनुसार रोमनाथ खनालको घरमा नयाँ सिलिन्डर फेरेर बाल्ने क्रममा ग्यास चुहावट भई शनिबार साँझ ६ बजेतिर आगलागी भएको हो ।

आगलागीमा परी ४२ वर्षीय रोमनाथ, उनकी पत्नी ३८ वर्षीया दुर्गा र छोरा १८ वर्षीय पंकज खनाल घाइते भएका र उनीहरूको विराटनगरस्थित म्याक्स हस्पिटलमा उपचार भइरहेको प्रनाउ आचार्यले बताए । घाइतेमध्ये रोमनाथको अवस्था गम्भीर रहेको जनाइएको छ ।