काठमाडौँ – नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली सर्वदलीय बैठकमा नजाने भएका छन् ।
संसदको गतिरोध अन्त्यका लागि सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठकमा ओली नजाने उनको सचिवालयले जनाएको छ । बैठकमा एमालेबाट प्रतिनिधि भने पठाइने छ ।
आजको बैठकमा एमालेबाट पूर्व सभामुख तथा एमाले संसदीय दलका उपनेता नेम्वाङ नै सहभागी हुने बुझिएको छ ।
तपाइँको प्रतिक्रीया