२०८२ असार १२ बिहीबार

राशिफल

लोकसेवा आयोगसम्बन्धी विधेयक पारित

काठमाडौँ – सोमबार बसेको राष्ट्रियसभाले लोकसेवा आयोगसम्बन्धी विधेयक पारित गरेको छ । बैठकले बहुमतका आधारमा यो विधेयक पारित गरेको हो ।

२०७६ भदौ २५ गते प्रतिनिधिसभामा पेश भएको लोकसेवा आयोग सम्बन्धी विधेयक प्रतिनिधिसभाबाट ९ असार २०७७ मा पारित भएको थियो । प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा आएको विधेयकलाई राष्ट्रिय सभाले पनि पारित गरेको छ ।

अब यो विधेयक राष्ट्रियसभाबाट पारित भएको संदेशसहित प्रतिनिधिसभामा जान्छ । प्रतिनिधिसभाले पुनः पारित गरेपछि सभामुख हुँदै राष्ट्रपतिकहाँ पुगेर प्रमाणिकरण भएपछि कानुन बनेर कार्यान्वयनमा जान्छ ।