२०८२ असार ८ आइतबार

राशिफल

अत्यधिक रक्तश्रावका कारण सुत्केरीको ज्यान गयो

सोलुखुम्बू – अत्यधिक रक्तश्रावका कारण खुम्बू पासाङ ह्लामु गाउँपालिकामा २५ वर्षीया सुत्केरी चन्द्रकला राईको सोमबार बिहान ज्यान गएको छ ।

आइतबार साँझ ५ः४२ बजेको समयमा लुक्लास्थित पासाङ ह्लामु निकोलनिकी अस्पताल लुक्लामा सुत्केरी भएकी उनको मृत्यु भएको अस्पतालका डा. अनेस केसीले बताए । सालनाल अड्किएपछि अत्यधिक रक्तश्राव भएको र रातको समयमा रेफर गर्न पनि समस्या भएकाले उनलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ । चेकअपका लागि आइतबार बिहान ११ बजे ती महिला अस्पताल पुगेकी थिइन् ।

बच्चा जन्मिने बेलासम्म स्वास्थ्य राम्रो भए पनि सुत्केरीपछि उच्चरक्तश्राव भएको थियो । अहिले बच्चाको अवस्था सामान्य रहेको बताइएको छ ।