२०८२ असार ८ आइतबार

राशिफल

ओखलढुंगामा स्मार्ट लकडाउन लागू

ओखलढुंगा – ओखलढुंगामा सोमबारदेखि स्मार्ट लकडाउन लागू भएको छ । नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउन कार्यविधि, २०७८ अनुसार कोरोना संक्रमण कम हुँदै गएपछि स्मार्ट लकडाउन लागू गरिएको हो ।

नेपाल सरकारको निर्णय अनुसार यसअघि बन्द रहेका सबै क्षेत्र खुला भए पनि स्वास्थ्य मापदण्डलाई अनिवार्य पालना गर्नुपर्ने शर्त छ । प्रमुख जिल्ला अधिकारी बन्दना राईका अनुसार स्मार्ट लकडाउनमा सबै क्षेत्र खोलिए पनि स्वास्थ्य सुरक्षाको मापदण्डलाई अनिवार्य पालना गराउनुपर्नेछ । स्मार्ट लकडाउनमा स्वास्थ्य सेवा, नियमित कार्यलय संचालन, सानो समूहमा बैठक, गोष्ठी तथा सेमिनार संचालन गर्न पाइनेछ ।

त्यस्तै, शैक्षिक संस्था, पसल, कोल्ड स्टोर, डिपार्टमेन्ट स्टोर, यातयात, ढुवानी, मठ – मन्दिर तथा समाजिक रीतिरिवाजमा हुने जमघट पनि सानो समूहमा खुला गरिएको छ । यसबाहेक उद्योग, व्यवसाय, होटल तथा रेस्टुरेन्ट, कृषि उत्पादन, खेलकुद, घरायसी भेटघाट तथा हाटबजारलगायतका क्षेत्रमा पनि स्वास्थ्य मापदण्ड अनिवार्य पलना गर्नुपर्ने प्रजिअ राईले बताइन् ।