२०८२ असार १७ मङ्गलबार

राशिफल

बैठकअघि सभामुखले एमालेसँग संवाद गर्ने

;efd’vaf6 cwoIftf sf7df8f}, !% ;fpg M k|ltlglw;efsf] z’qmaf/ a;]sf] a}7ssf] cWoIftf ub}{ ;efd’v clUgk|;fb ;fksf]6f . tl:a/ M /Tg >]i7÷/f;;

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको बैठकमा प्रमुख प्रतिपक्ष दल अनुपस्थित भए पनि संवादको क्रम भने जारी राख्ने भएका छन् । प्रतिनिधिसभा बैठकअघि सभामुख सापकोटाले प्रतिपक्षी दल एमालेसँग संवादको प्रयत्न गर्ने प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

‘प्रतिपक्ष दल एमालेको समस्या हल गर्नका लागि हिजो सर्वदलीय बैठक सभामुखले आह्वान गर्नु भएको थियो । तर, उहाँहरू उपस्थित हुनु भएन्,’ न्यौपानेले न्युज कारखानासँग भने, ‘अझै पनि सभामुख प्रतिपक्ष दलसँग संवादका लागि प्रयत्नरत हुनुहुन्छ, संसदलाई प्रभावकारी रुपमा चलाउनका लागि सबै दलसँग उहाँले संवाद गरिरहनुभएको छ ।’

उनका अनुसार सभामुख सापकोटाले बैठकमा धारणा राख्न प्रतिपक्ष दल एमाले नआएकोमा असन्तुष्ट रहेको न्यौपानेको भनाइ छ । ‘जसका लागि बैठक बोलाइएको थियो, उहाँ (एमाले)हरू नै आउनु भएन, तर दलहरूको सुझावअनुसार सभामुखले एमालेसँग संवाद गर्न भने प्रयत्न गर्दै हुनुहुन्छ ।’ उनका अनुसार आज १ बजे संसद बैठकअघि पनि सभामुख सापकोटाले एमाले नेताहरूसँग कुराकानी गर्नुहुनेछ ।