२०८२ असार ८ आइतबार

राशिफल

खाली हुन थाले चितवनका कोभिड वार्ड

चितवन – कोरोना संक्रमणको दर घटेसँगै चितवनका अस्पतालहरुका कोभिड वार्डहरु खाली हुन थालेका छन् ।

जिल्लाका अस्पताल र पालिकाहरुले सञ्चालन गरेका आइसोलेसन सेन्टरमा ७१७ वेड छन्, जहाँ वेडमा सोमबार साँझ जम्मा ५१ जना बिरामी रहेका छन् ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर अस्पतालमा कोभिडका लागि ११० वेड छुट्याईएो छ, जहाँ ३७ जना बिरामी छन् । ११ जना आईसीयू, १५ जना एचडीयू र र ११ जना साधारण वेडमा उपचाररत छन् ।

यसैगरी चितवन मेडिकल कलेजमा १३२ वेड छ, नौ जना बरामी रहेका छन् । ५ जना आईसीयू र ४ जना एचडीयूमा उपचाररत छन् । कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा २१० वेडमा एक जना मात्रै बिरामी छन् । उनको आईसीयूमा उपचार भईरहेको छ ।