२०८२ असार ८ आइतबार

राशिफल

थप १ हजार ७ सय ६० जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु

काठमाडौँ – बुधबार थप १ हजार ७ सय ६० जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ८० हजार ८ सय २४ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २६ हजार ३ सय ७ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज १ हजार २ सय २० जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ४३ हजार ५ सय २६ जना रहेको छ । आज ७ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या १० हजार ९ सय ९१ जना पुगेको छ ।